No.1 News Portal from Sudurpashchim Province
bajaj

चार प्रदेशमा पाँचै वर्ष एउटै दलले नेतृत्व गर्ने

बाँकी तीनमा आलोपालो

गोकुलेश्वर। सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा मिलाएका छन् । आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा मिलाएका हुन् ।

प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पाँच वर्ष नै एकल नेतृत्वको सरकार बन्ने छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ ।

सहमतिअनुसार प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन्भने माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिनेछ ।

pm office

गण्डकी प्रदेशमा एमालेले पाँच वर्ष मुख्यमन्त्री चलाउनेछ भने सभामुख माओवादी र उपसभामुख एमालेले लिनेछ । प्रदेश लुम्बिनीमा पनि एमालेले मुख्यमन्त्री लिनेछ भने माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने छ ।

कर्णाली प्रदेशमा माओवादीले पाँच वर्ष मुख्यमन्त्री चलाउनेछ । एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउनेछ ।

बाँकी तीन प्रदेशमा भने मुख्यमन्त्री, सभामुख र उपसभामुखमा समेत आलोपालो हुने भएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने छन् ।

मुख्यमन्त्री फेरिंदा उपसभामुख पनि हेरफेर हुनेछ । सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । यस्तै बागमती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा माओवादी केन्द्र र एमालेको आलोपालो हुने छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलापालो हुने भएको छ । पहिलो चरणमा एमालेले मुख्यमन्त्री लिँदा माओवादीले सभामुख पाउनेछ । सत्ता सझेदार दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरेको एक नेताले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.