गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका-८ स्थित लटिनाथ मावि तलचौराको ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका शुक्रबार बिच सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले विद्यालय चलाउन अभिभावकले खेलेको भूमिका उच्च रहेको उल्लेख गर्दै बिद्यालय सुधार गर्न शिक्षक जिम्मेवार बन्नु पर्ने बताए ।
त्यस्तै मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक, विद्यार्थी र शिक्षकको महत्त्वपूर्ण भूमिका हुने कुरा बताउँदै मुख्यतः शिक्षकको भूमिका उच्च रहने कुरा व्यक्त गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमराज जोशकिो अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा शैलयशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी प्रमुख अतिथि रहेका थिएभने नगरउपप्रमु शान्ति खडायत बिशिष्ट अथिति रहेका थिए ।
यसैगरी शैलयशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बिष्ट,वडा नम्बर ८ का अध्यक्ष केशवदत्त जोशी,नगर कार्यपालिका सदस्य,शिक्षक,अभिभावक,विद्यार्थी लगायत स्थानीयको सहभागितामा ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रमको बीचमा ५ जना जग्गादाताहरूलाई खादा लगाई सम्मान गर्नुको साथै अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
उक्त अवसरमा विद्यार्थीद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



