गोकुलेश्वर। बझाङको कालंगागाड जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दार्चुलाको शैल्यशिखर नगरपालिका- १ बलाचस्थित सबस्टेशनमा जोडिने भएको छ।
भोलि (सोमबार) बाट प्रशारण लाइनमा करेन्ट प्रवाह गरिने छ। त्यसका लागि सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्बसाधारणलाई आग्रह गरेको छ।

बुंगल नगरपालिका र चिरवित्थड गाउँपालिकामा निर्माणाधिन आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकलको कार्य सम्पन्न भइसकेको छ।
आयोजनाका अनुसार सुनकडा–बलाच १३२ केभी प्रशारण लाइनमा पोल गाडने र लाइन खिच्ने काम पनि सम्पन्न भएपछि परीक्षण थालिने भएको हो । भोलिबाट प्रशारण लाइनमा विद्युत चार्जिङ गरिने भएकाले टावर नजिक नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्बसाधारणलाई आग्रह गरेको छ।
चिरबिथ्थड गाउँपालिका–८ रुपैलस्थित विद्युत गृहबाट बलाचमा रहेको सबस्टेशनसम्म विद्युत चार्जिङ गरिने छ।



