No.1 News Portal from Sudurpashchim Province
bajaj

माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

गोकुलेश्वर। कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । बुधबार राति करिब ११ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

pm office

तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडुवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए ।

घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । बुटवलका अस्पतालमा कतै भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.