No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बजार अनुगमन : ७० हजार बढीका म्याद नाधेका सामग्री

गोकुलेश्वर। दार्चुलामा बजार अनुगमन गर्दा ७० हजार बढीको म्याद नाधेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।

शनिबार जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले शैल्यशिखर नगरपालिका -९ स्थित गोकुलेश्वर बजारको अनुगमन गर्दा ७० हजार २ सय ४० रुपयाँ बढीको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो ।

बरामद गरिएका समानहरुमा ज्वानो ३५ प्याकेट, धनियाँ ४५ प्याकेट ,चियापत्ती २५८ प्याकेट, कालो नुन ५ प्याकेट, चिसो पेय पदार्थ ३५ पेटी, जिरा पाउडर १०० प्याकेट, खाने तेल १० प्याकेट  लगायत अन्य सामग्री बरामद गरी नष्ट गरिएको हो ।

pm office

धेरै ठाउँमा पीठो, सोयाबडीलगायत अन्य खाद्यान्न सामग्रीसमेत पाइएकाले बरामद गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । म्याद नाघेका अखाद्य सामग्री बिक्री–वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यलय दार्चुलाका प्रमुख गंगा कुमारी मगर, जिल्ला प्रसासनका खरिदार राकेश ठगुन्ना, इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायब निरीक्षक भरत रोकाया, उद्योग, वाणिज्यसंघका प्रतिनिधि ईश्वर पाण्डे,सञ्चारकर्मी, शौल्यशिखर नगर पालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकहरूलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको घरेलु तथा साना उद्योग कार्यलय दार्चुलाका प्रमुख गंगा कुमारी मगरले बताए ।

यसैगरी दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने समान खरिद–बिक्री गर्दा मिति हेरेर मात्र खरिद–बिक्री गर्न टोलीले आग्रह गरेको छ ।

अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री–वितरण हुँदै आएको छ । जिल्लाका स्थानीय तहमा रहेका मुख्य–मुख्य बजार सबैमा अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.