गोकुलेश्वर। बैतडीमा स्कारपिओले ठक्कर दिदाँ एक महिला घाइते भएकी छिन् ।

महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका–५ दोलीमा स्कारपिओ गाडीको ठक्करले एक जना महिला घाइते भएकी छन्।
सोही ठाउँ बस्ने ६८ बर्षीया धुरी ठगुन्ना घाइते भएकी हुन् । दार्चुलाबाट धनगढीतर्फ गइरहेको भे १ च २९५१ नम्बरको स्कारपिओले शुक्रबार दिउँसो करिब साढे १ बजेतिर पैदल यात्री ठगुन्नालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठगुन्नाको देब्रे खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी पठाइएको छ। दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय चालक हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



