निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव र चेतन ऐडीको परिवारलाई १० / १० लाख दिने सरकारको निर्णय

गोकुलेश्वर निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव र चेतन ऐडीको परिवारलाई १० / १० लाख दिने सरकारको निर्णय सार्वनजिक गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले शुक्रबार बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक परिवारलाई १० / १० लाख उपलब्ध गराउने निर्णय निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए।



