No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला सीमामा भारतको बलमिचाईँले जहिल्यै ‘लफडा’

स्थानीयद्धारा गृहमन्त्रालयको ध्यानाकर्षण

गोकुलेश्वर। नेपाल–भारत सीमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलंगा बजार डुबान ,कटान र बगाउने गरी भारतले एकपक्षीय रुपमा सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना निर्माणको काम अगाडि बढाउँदा दार्चुला सीमामा दैनिक जसो विवाद भइरहेको छ ।

भारतले बलमिचाईँ गरेर महाकालीमा पक्की संरचना निर्माण गर्न थालेपछि दार्चुलाका स्थानीय विरोध स्वरुप ढुंगामुढामा गर्न बाध्य छन् । बुधबार भारतीय पक्षले महाकालीको धार फर्काउने गरेर संरचना बनाउन थालेपछि नेपाली नागरिक विरोधमा उत्रिए ।

यसअघि १८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण गरेपछि विरोधमा उत्रिएका नेपालीमाथि भारततर्फबाट ढुंगामुढा भयो । त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरे ।

भारतीय पक्षबाट भएको ढुंगामुढामा प्रहारबाट बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनमा खेलिरहेका ४ जना बालक घाइते भए । पारिबाट प्रहार भएको ढुंगाले चारै जनालाई चोट लाग्यो । त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए ।

अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो । त्यति मात्रै होइन, सो घटना पछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो

नेपाल–भारत सीमामा भइरहेको तनावको सर्वत्र विरोध पछि सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो । त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए ।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो ।

pm office

तर उक्त संरचना भारतले अझै पूर्ण रुपमा नहटाएर फेरि तटबन्ध निर्माणको कार्यलाई जारी राखेको स्थानीयले बताएका छन् । विवाद भएको क्षेत्रमा तत्काल काम रोक्ने र छलफल पश्चात् काम अघि बढाउने दुवै देशका स्थानीय प्रशासनबीच सहमति भएको थियो । तर त्यस यतामा पनि भारतले काम जारी राख्द दिनहुँ जसो दार्चुला सीमामा विवाद भइरहेको हो ।

तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा अरुण कन्स्ट्रक्सनले ७ जना विरुद्ध धार्चुला प्रहरी थानामा उजुरी समेत दर्ता गराएको थियो ।

दार्चुलाको स्थानीय प्रशासन र सरकारी निकाय भारतसामु निरीह बनेको स्थानीयको आरोप छ । सीमा नदीको बहाव नेपालतिर फर्काएर भारतले तटबन्ध निर्माण गरिरहेको छ । यसले नदी किनारका नेपालीबस्ती जोखिममा छन् ।

स्थानीयद्धारा गृहमन्त्रालयको ध्यानाकर्षण

भारतले एकपक्षीय रुपमा तटबन्ध निर्माणको काम अगाडि बढाएको विषयमा दार्चुलाका स्थानीयले जिल्ला प्रशासन मार्फत बिहीबार गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
बारम्बार भारतीय पक्षसंग स्थानीय प्रशासनले छलफल गर्दा पनि नेपाली पक्षको माग सम्बोधन नभएको भन्दै उनीहरुले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका हुन ।

दार्चुलाको स्थानीय प्रशासनले भारतको माग बमोजिम बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउने तयारी थालेको भन्दै स्थानीय आक्रोशित भएका छन् । पूर्वसर्त बमोजिम छाङरु स्कुल क्षेत्रदेखि पुलघाटसम्मको क्षेत्रमा भारतीय पक्षले नदीमा थुपारिराखेको ढुंगामाटो पूर्ण रुपमा हटाउनु पर्ने स्थानीयको माग छ ।

त्यो नहुँदासम्म छाङरु स्कुल क्षेत्रदेखि माथि दशरथनगरसम्म नेपालतर्फको ढुंगामाटो हटाउने कार्य गर्न नदिने स्थानीको भनाइ रहेको छ । यस्तै, छाङरु स्कुलदेखि पुलघाटसम्मको नेपालतर्फको तटबन्ध कमजोर रहेका सो तटबन्ध मर्मत सम्भारको माग स्थानीयले अघि सारेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.