No.1 News Portal from Sudurpashchim Province
bajaj

कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर

गोकुलेश्वर   दार्चुला सहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

दार्चुला सहितका तराईका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर बिहान देखि.दिउसोमा अँध्यारोजस्तो भइरहेको छ । कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ अपिहिमालको फेदमा रहेकोे अपिहिमाल गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । मौसम बदली भएसंगै अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, लगायत जिल्लाभरीमा चिसो बढेसगै हिमाली भुभागमा हिमपात हुन थालेको छ ।

अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रसिह धामीले जानकारी दिनुएअनुसार चिसो बढेपछि बाहिर बसेर सेवाग्राहीहरुलाई सेवा दिन निकै कठिन भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धामीले बताउनुभयो । चिसो बढ्न थालेपछि सेवाग्राहीलाई नियमित सेवा दिन आगो तापेर सेवा दिइरहेको पनि उहाँले बताए । पालिकाले चिसोबाट बच्न आफ्नो निति तथा कार्यक्रम मार्फत घरदैलो सेवाहरु दिने जनाएको छ । जेष्ठनागरीक घरदैलो सेवा दिने तयारीमा रहेको उहाँले बताए ।

pm office

त्यस्तै जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने भएकोले विकासे निर्माण प्रभावित भएको बताए । जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेको छन् ।

चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । चिसोलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले सामुदायिक विद्यालय बन्द गरेकोे छ ।

चिसोले बालबालिकामा रुघा, ज्वरो आउने, विद्यार्थीका हात फुट्ने, गाला चर्किने समस्या देखिने भन्दै पालिकाले एक महिना पुरै हिउदे विदा दिएको जनाए अपि हिमाल गाउँपालिकाभरी जम्मा २३ वटा सामुदायिक विद्यालयहरु रहेका छन ।

गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा पुष १२ गते बसेको पालिकाभरी रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठकले सामुदायिक विद्यालयहरुमा हिउदे विदा दिने निर्णय गरेसंगै पालिकाभरीका विद्यालयहरु बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र सिह धामीले जानकारी दिए । माघ १७ गते सम्म पालिका भरीका सबै सामुदायिक विद्यालयहरुमा विदा दिइएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.