गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर अस्पतालमा ह्युमानिटी फाउण्डेसन नेपालले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलामा अक्सिजन अभाबका कारण सक्रमितको उपचारमा समस्या हुन थालेपछि अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

अहिले सेती प्रादेशीक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी भइसकेको र यसपछि मात्रै गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी रहेको ह्युमानिटी फाउण्डेसन नेपालले जनाएको छ ।
सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि, स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट लगायतका उपकरण खरीदका लागि ह्युमानिटी फाउण्डेसनलाई एक करोड रुपैया दिने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयले दीएको रकम हामीले नलिएको बताउदै फाउण्डेसनले सुदूरपश्चिमका दूर दराजमा अक्सिजन प्लान्ट स्थापना तथा नागरिकको जीवन रक्षाका लागि गरिने प्रयत्नहरुमा रकम अभाव भएमा मन्त्रालयको रुपैया खर्च गर्ने ह्युमानिटी फाउण्डेसन नेपालले जनाएको छ ।



