No.1 News Portal from Sudurpashchim Province
bajaj

माओवादी सुदूरपश्चिम संसदीय दलको नेता छान्न बसेको बैठक निष्कर्षविहीन

आइतबार बिहान ९ बजे फेरि बैठक बस्ने

गोकुलेश्वर। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता छान्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।

pm office

शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको छ । संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाटबीच सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो । शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो ।

तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका छन् ।बैठक आइतबार बिहान ९ बजे फेरि बैठक बस्ने गरी स्थगित भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.