गोकुलेश्वर। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भङ्ग भएको बताए ।
बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जानेरनजाने भन्ने बारेमा निर्णय गर्ने छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भूगोलका नेताहरुसँग छलफल गरेका थिए ।

स्थायी कमिटीको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।
फोटो फिचर




