गोकुलेश्वर। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । आज बसेको दलको बैठकले एमाले पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिमका सह–इन्चार्जसमेत रहेका रावललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

रावल एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा मानिन्छन । यस्तै बैठकले संसदीय दलको उप नेतामा सन्तोष शर्मा थापालाई चयन गरेको छ।
सुदूरपश्चिमका १० जना प्रदेशसभा सदस्यको उपस्थितिमा दलको नेता र उपनेता चयन गरिएको हो।



