गेकुलेश्वर। सुदूरपश्चिम दशनामी नाथ योगी समाजले ब्लड क्यान्सर पीडित रिजन नाथलाई आर्थिक सहयोग गरेको छ ।
आज बैतडीको डिलाशैनी गाउँपालिका—६ चौसेरा निवासी महेश नाथका २ वर्षीय छोरा रिजन नाथलाई सहयोग रकम प्रदान गरेको हो ।
सुदूरपश्चिम दशनामी नाथ योगी समाजले संकलन गरेको ३० हजार ३ सय रुपैया पीडित बालकका बुवा महेश नाथको खातामा जम्मा गरिएको छ । करिब १ महिना देखि सहयोग संकलन गरी खातामा जम्मा गरेकोे सहयोग संकलन सुदूरपश्चिम दशनामी नाथ योगी समाजका संयोजक (अभियानकर्मी) मधुसुमन नाथले बताए ।

उनका अनुसार सो रकम प्रभास नाथ योगी र नेपाल सेवा समाज ओमन बाट समाजसेवी पुष्कर नाथको नेतृत्वमा आफु लगायत ४२ जनागरी ४४ जनाबाट ३० हजार ३ सय रुपैंया संकलन भएको हो ।
नाथलाई उपचारका लागि आर्थिक अभाव भएको खबर पाएपछि हामीले देश विदेशमा रहेका सबै बन्धुहरुलाई सहयोगको आग्रह गरेका थियौं,’ अभियानकर्मी नाथले भने, ‘देश विदेशमा रहेका सबैले सक्दो सहयोग गरे, अझै पनि हामी अन्य सहयोगी मनहरुमा अनुरोध गरिरहेका छौ ।’
ती बालकलाई निसर्ग हस्पिटल धनगढीमा चेक गराउँदा ब्लड क्यान्सरको रिपोर्ट प्रमाणित भएको थियो । हाल बालकलाई थप उपचारको लागि भारतको हरियाणा झज्जर स्थित रहेको एआइआइएमएस (AIIMS) अस्पतालमा उपचार भइरहेको छ । उनको थप उपचार गर्न अझै ६ महिना अस्पतालकै बेडमा भर्ना गर्नुपर्ने र त्यसपछि नियमित रुपमा हस्पिटलको निगरानीमा रहेर ३ वर्ष सम्मको कोर्ष गर्नका लागि झण्डै ३० लाख भारु आवस्यक पर्ने भएको छ ।
सुदूरपश्चिम दशनामी नाथ योगी समाजले विभिन्न रोगबाट पीडित बिरामीहरूलाई विगतमा पनि आर्थिक सहयोग, रक्त दानको गर्नुका साथै विभिन्न प्रतिभा मुखी कार्यक्रम र समाजसेवा क्षेत्रमा काम गर्दै आएको छ ।



