No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ धकेल्ने गरी फेरि तटबन्ध निर्माण गर्न थाल्यो

दार्चुला। दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ ।

भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको गरिरहेको विरोधमा शुक्रबार नेपाली नागरिकहरुले वारिबाट भारततर्फ ढुंगामुढा प्रहार गर्दा निर्माणमा संलग्न ४ वटा सवारीसाधनका सिसा फुटेका छन् ।

एकलौटी तरिकाले भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम फेरि अगाडि बढाएको छ । महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा नदी नेपालतर्फ फर्किने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयहरुले बताएका छन् ।

pm office

भारतीय पक्षले दादागिरी गर्दै नदी नेपालतर्फ फर्काउने गरी काम गरिरहेकोले प्रशासनलाई खबर गरेको उनीहरुले बताए । महाकाली बीचबाट बग्ने गरी भारतले काम गर्नु गर्नु पर्ने स्थानीयको तर्क छ ।भारतले एकपक्षीय ढंगले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पछि विरोध भइरहेको छ ।

नेपालीको विरोध पछि भारतीय पक्षले काम रोकेको छ । तटबन्ध निर्माणको क्रममा दार्चुलामा पटक पटक तनाव हुने गरेको छ । यस अघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो । यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ । भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो ।

सो छलफलमा महाकाली नगरपालिका–४ रिङने ताल क्षेत्रमा महाकालीको धार नेपालतिर फर्काउने गरी बनाइएको संरचना १० दिन भित्र हटाउन भारतीय पक्ष सहमत भएको थियो । तर समय घर्केपनि भारतीय पक्षले संरचना हटाएको छैन् ।
विवादित क्षेत्रमा तत्काल काम अगाडि नबढाउने र दुवै देशका स्थानीय प्रशासनका अधिका रीबीच छलफल पश्चात् सो प्रक्रियामा जाने सहमती भएको थियो । तर भारतीय पक्षले फेरि महाकाली नेपालतिर फर्किने गरी बांगाबगर क्षेत्रमा तटबन्ध बनाइरहेको हो । भारतिय पक्षले तटबन्ध निर्माण गर्न महाकालीमा संरचना बनाएर पानी नेपालतिर धकेल्ने खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भारतीय पक्षले हटाउने भनेको संरचना पूर्ण रुपमा नहटाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.