गोकुलेश्वर। छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनको राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो । चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।
त्यस्तै भारतमा पनि सङ्क्रमणको जोखिम उच्च भएको छ । राजधानी नयाँ दिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो । तर जोखिम बढेसँगै दिल्लीमा पुनः मास्क लगाउन अनिवार्य गरिँदैछ ।
भारतमा अहिले दैनिक औसतमा १ सय ५३ जना सङ्क्रमित थपिने गरेका छन् । चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पनि पछिल्लो समय सङ्क्रमण बढेको छ ।



