गोकुलेश्वर। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा डडेल्धुराका खगराज भट्ट र कञ्चनपुरका ओमबिक्रम भाट (सरल)ले इच्छा देखाएका छन् ।

भट्ट डडेल्धुरामा ०६४, ०७० र ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । मुख्यमन्त्री बनाउने सहमति पछि यसपटक भट्ट प्रदेश सभामा चुनाव लडेका हुन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा निर्विकल्पका रुपमा हेरिएका भट्टलाई चुनौती दिने गरि ओमबिक्रम भाट (सरल)ले सामाजिक सञ्जालबाटै संसदीय दलको नेतामा दावी गरेका छन् ।
योसँगै दुबै नेताहरुको आफ्नो पक्षमा माहोल बनाउनका लागि शक्ति केन्द्र धाइरहेका छन् । सरल माओवादीका युवा नेता हुन् । उनी कम उमेरमै प्रदेश सांसदमा विजयी भएपछि चर्चित छन् ।



