
गोकुलेश्वर। नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतरूपमा चयन भएका छन् ।
बिहीवार आज दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो । यसैगरी प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भएका छन् ।



