No.1 News Portal from Sudurpashchim Province
bajaj

सार्वजनिक भए शिक्षक विष्टको हत्यामा संलग्न बोहरा दम्पती

गेकुलेश्वर। बैतडीको पाटनमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका -३ न्वादेउ घर भएका श्रीमान–श्रीमति प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् ।

pm office

प्रहरीको अनुसन्धानले देखाएका अनुसार पौष १ गते राति शिक्षक बिष्टले बिमला माथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको खुलेको छ । छात्रबासमै हत्या गरेका बिष्टको शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजाले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने ।

अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.