गोकुलेश्वर। सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा एक लाख एक हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

हिजो (बुधबार) प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज (बिहीबार) तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ पुगेको छ ।
यस्तै,आज चाँदी प्रतितोला ५ रुपैयाँले बढे्र एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



