No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक जाने

गोकुलेश्वर। नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आउँदो हप्ता इराक जाने भएको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एअरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।

pm office

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । त्यो खेलपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेको थियो ।

यसअघि गएको हप्ता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । समूह (बी) मा रहेको नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ररेका छन । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.