No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा शिक्षक हत्या प्रकरणमा २ जना पक्राउ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी

गोकुलेश्वर।   बैतडीमा शिक्षक हत्या प्रकरण छात्रावासमा बस्ने युवती र उनका श्रीमान् पक्राउपरेका छन् । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

pm office

सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन्  दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोला रावलले कृष्ण माविको छात्रावासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । ‘छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् ।

सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’ शिक्षक विष्ट पुस २ गते छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.