No.1 News Portal from Sudurpashchim Province
bajaj

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी

गोकुलेश्वर। कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।

pm office

कांग्रेसका सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनेका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धा गरेका हुन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको हो।

वि स‍ २०५१ सालमा युवा नेता देउवालाई संसदीय दलको नेतामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले अघि सारेका हुन् । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.