गोकुलेश्वर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैतडीले पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्ट घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पाटनमा मृत फेला परेका शिक्षक बिष्टको घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन नेकपा एमाले बैतडीले माग गरेको हो ।
मंगलबार नेकपा एमाले जिल्ला कमिटी बैतडीले एक प्रेस विज्ञप्ती जारी गर्दै वि.सं. २०४८ सालदेखि पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका सुनर्या गाउँपालिका–२ ग्वानीका स्थानीय शिक्षक बिष्ट कार्यस्थलमा मृत अवस्थामा भेटिएपनि घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कानुनबमोजिम कडा कारवाही गर्न नेपाल सरकासँग आग्रह गरेको छ ।

शिक्षक विष्टको रहस्यमयी ढंगले मृत्यु भएकाले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारवाही गर्नुपर्ने एमाले बैतडी अध्यक्ष सुरेन्द्र पालद्धार हस्ताक्षर विज्ञप्ती भनिएको छ ।
यही पौष २ गते शनिबार मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले अझै पनि शव बुझेका छैनन् ।
विज्ञप्ती




