गेकुलेश्वर। दार्चुला सदरमुकाम खलंगामा सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रदर्शन गरेको छ ।

भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लामो समयदेखि भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै विरोध गरिरहेका छन् । नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै उनीहरुले नाराबाजीसमेत गरेका हुन् ।
भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत उनीहरुले गरेका छन्।



