No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा थप ४४ जनामा कोरोना पुष्टि

गोकुलेश्वर। दार्चुलामा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टीजेन र पिसिआर विधिबाट गरिएको परिक्षणमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार जिल्लाको लेकम गाउँपालिकाका १८ जना ,व्यास गाउँपालिकाका १६, शैल्यशिखर नगरपालिकामा ५, मालिकार्जुन गाउँपालिकामा २ ,महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र मार्मा गाउँपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

pm office

बुधबार थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ सय ३६ पगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ५२ जना,अपिहिमाल गाउँपालिकामा १ सय ६ जना, शैल्यशिखर नगरपालिकामा ५१ जना, मार्मा गाउँपालिकामा ४१ जना, लेकम गाउँपालिकामा ३५ जना, व्यास गाउँपालिकामा २२ जना, मालिकार्जुन गाउँपालिकामा १५ जना, दुहुँ गाउँपालिकामा ११ जनामा र नौगाड गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दार्चुलामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय १३ पुगेको छ । जिल्ला कोरोनाको दोस्रो लहर सुरु भए यता ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.