गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले प्रशिक्षणको पैसा नदिएको कराते खेलाडीहरुले गुनासो गरेका छन ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले हचुवाको भरमा कुनै मापदण्ड नै नबनाइ केही खेललाई बन्द प्रशिक्षणको पैसा दिएर जनताको आँखामा छारो हालेर बाकी खेलाडीहरुको पैसा नदिएको गुनासो पोखेका छन ।
खेलाडी राष्ट्रको गहना सुदूरको शान दार्चुलाको लेकम गाउँपालिका घर भएकि बर्षा साउँद काता र कुमिते गरि ४ वटा विधाकि सुदूरपश्चिम च्याम्पियन रहेकी साउँदले ९ औं राष्ट्रिय कराते प्रतियोगितामा ३ वटा कास्य पदक, जापान र भारतमा भएका ३ वटा ठुला कास्य पदक, नेपाललाई दिलाएकी साउँदले कभर्ड हलमा लामो समय देखि कराते प्रशिक्षण गर्दै र गराउदै आएकि छन ।


आफुले सुदूरपश्चिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने धेरै जसो खेलाडीहरुलाई निशुल्क प्रशिक्षण गराउने समेत बताइन् । उनले समाजिक सञ्जाल मार्फत सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका अध्यक्ष लगायतका सबै जनालाई दुःख व्यक्त गर्दै करातेका सम्पूर्ण राष्ट्रिय खेलाडीहरुको बन्द प्रशिक्षणको पैसा नदिएको गुनासो गरेकी छन् ।
समाजिक सञ्जालमा लेख्दै उहाँले भनिन् ,’हामिले पाउनु पर्ने पैसा नपाएको र ९ औँ रास्ट्रिय खेलकोे समयमा खेलाडीहरुका लागि बन्द प्रशिक्षणको रकम पनि दिएको छैन् ।’ आफुहरुले पाउनु पर्ने पैसा समेत नपाएको उनले गुनासो गरिन । केहि रकम पाएकाहरु मध्ये कसै–कसैले आधा रकम मात्रै पाएको कराते खेलाडीहरुको गुनासो छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले हचुवाको भरमा कुनै मापदण्ड नै नबनाई केही खेलडीहरुलाई बन्द प्रशिक्षणको पैसा दिएको भएपनि बाकी खेलाडीहरुको पैसा नदिएको सुदूरपश्चिम प्रदेश कराते खेलाडी त्रिलोक पाण्डेले बताए ।
उनले भने ,’हाम्रै पैसा खाने अनि पदक पाइसके पछि हामीलाई नै सम्मान गरे जस्तो गरेर हामीलाई मूर्ख बनाउने काम गरेको छ ।’ यहि मंषिर २८ गते राखिएको सम्मान कार्यक्रमलाई समेत कराते खेलाडीहरुले बहिस्कार गरेको उनले बताए ।
यो विषमा थप सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकसंग बुझ्न खोज्दा उनको ९८४८५४७५०२ मा सम्पर्क गर्दा फोन उठेन् ।



