No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा चिसो बढेसँगै सतर्कता अपनाउन डाक्टरहरुको आग्रह

गोकुलेश्वरः  जिल्ला अस्पताल दार्चुलाले जिल्ला बासीहरुमा चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

pm office

जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सुझाव दिएका छन् ।

चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल जस्ता न्यानो कपडा ओड्न, घरबाहिर खुल्ला स्थानमा लामो समय नबिताउन, तातो खानेकुरा खान र तातो पानी पिउनु आग्रह गरेका छन ।
यस्तै डाक्टरले अहिले जिल्ला अस्पतालमा मात्रै दैनिक ४० देखि ५० जना सम्म श्वासप्रश्वासका विरामीहरु आउने गरेको बताएका छन ।

चिसोबाट बच्न हिटर, तथा आगो ताप्न तताएको झोलिलो पदार्थ प्रयोग गर्न आग्रह समेत गरेका छन  दूषित पानी र खानाबाट विभिन्न किसिमका सरुवा रोग लाग्नसक्ने भएकाले स्वच्छतामा ध्यान दिन पनि डाक्टर आर्दश लिम्बुले सुझाव दिएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.