गोकुलेश्वर। नेपाल सनातन धर्म संस्कृति संगठन शैल्यशिखर नगर कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहिबार शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वरमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा लोपहुन लागेको नेपाली पोशाक, ढुस्को ढूमारी,झोडो फाग,सगुन, हुक्का चिलिम लगायत अन्य थुप्रै संस्कृतिहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी हुक्का चिलिम, ढुस्को ढूमारी,झोडो फाग प्रदर्शन गर्नेहरुलाई नगद सहित सम्मान गरिएको हो । शैल्यशिखर नगर कार्यसमिति अध्यक्ष बिष्णु बिष्टको सभापत्तिवमा भएको वार्षिक साधारण सभा कार्यक्रममा नेपाल सनातन धर्म संस्कृतीका केन्द्रिय सदस्य एवं जगतपुरी शिवधामका पिठाधीस स्वामी सरस्वती, नेपाल सनातन धर्म संस्कृति दार्चुलाका अध्यक्ष नरबहादुर चन्द जनप्रतिनिधि,स्थानीय,जेष्ठ नागरीक,सञ्चारकर्मी लगायत अन्यको सहभागिता रहेको थियो ।




