गोकुलेश्वर । दार्चुलाको दोस्रो ठुलो बजार गोकुलेश्वर मा बिहान हुस्सु, कुहिरो लाग्न थालेको छ । जाडो याम सुरु भएसँगै बिहानको समयमा गोकुलेश्वर लगायत तराईका बिभिन्न भागहरुमा हुस्सु, कुहिरो लाग्न थालेको छ ।


बिहान हुस्सु, कुहिरोका कारण जन–जिवन कष्ठकर बन्दै गएको छ । आज पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा रहने भएको छ ।

तराईका जिल्लाहरुमा अहिले हुस्सु कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक÷दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभएको छ ।



