गोकुलेश्वर । दार्चुलाको लेकमगाउँपालिका –२ का विभिन्न ठाउँमा बाघको आतंक फैलिएको छ। बाघले केही दिन यता चराउन लगेको बाख्रा, बोका र गोठमा राखिएका गाई गोरु खान थालेको छ ।

गत महिना मात्रै लेकम–२ गराडीका स्थानीय दान सिंह धामीका चराउन लगेका तीनवटा बाख्रा बाघले मारेको थियो । वडा सदस्य बिरेन्द्र सिंह कार्कीले रेडियो चौलानी टुडे लाई भने,’आज पेरि विहिवार गराडीका सुनिल सिंह कार्कीको जङ्गलमा चराउन लगेको बाख्रा बाघले खाएको छ । जङ्गलमा हराएको बाख्रा खोजिगर्दा आधा बाख्रा खाइसकेको अवस्थामा फेला परेको छ।’
यस्तै सोही वडा बस्ने मोहन सिंह धामीका कार्तिक र मंसिरमा तीन वटा बाख्रा बाघले खाएको थियो। यस्तै, यहि मंसिर १८ गते चरनबाट घर फर्काउने क्रममा स्थानीय कपिल राम दमाइको एउटा गोरु बाघले खाएको थियो। पछिल्लो समय बाघले चौपाय माथि आक्रमण गरेर किसानलाई चिन्तित बनाएको वडा सदस्य कार्कीले बताए ।
बेला–बेलामा बाघले मौका छोपेर गोठ, खोर बाट , बाख्रा,बोका, गाई, गोरु खाइ रहेको बताए । वडा सदस्य कार्कीले भने, ‘जंगलमा बाघ हिँडिरहेको देखिने गरेको छ । गोठालो गइरहेको बेला मानिसहरु लाई पनि आक्रमण गर्न सक्ने सम्भावना रहेकोहुनाले अहिले स्थानियहरु समेत त्रशित भएका छन ।’



