गोकुलेश्वर। बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बैतडी को पुर्चौडी नगरपालिका वडा नम्बर वडा नं ६ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन ।

बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु।प।प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भयो ।
उहँका अनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ७ कि ४५ वर्षिया हर्का देवी धामी , २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिया मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ४८ वर्षिया लाली देवि कार्की, ५२ वर्षिय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्ट रहेका छन ।
जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



