No.1 News Portal from Sudurpashchim Province
bajaj

धनगडिमा लागेको महोत्सबले सुदुरपश्चिमका कलाकारको अपमान .

गोकुलेश्वर . शुदुरपश्चिमको धनगढीमा मँसिर २२ गते देखि शुदुरपश्चिम महोत्सव लागि रहेको छ ।तर उक्त महोत्सवमा शुदुरपश्चिमका कमेडि. तथा गायक . कलाकारहरु ले गुनासो पोखेका छन । 

करिव १० दिन सम्म लाग्ने उक्त महोत्सवमा शुदुरपश्चिमको सँस्कृतिलाई कुल्चने काम भएको अधिकाँश कलाकारहरुले आरोप समेत लगाएका छन । सुदुरपश्चिमको मौलिक कला सँस्कृतिलाई जिउदैँ मारेको शुदुरपश्चिमका केहि कलाकारहरुले गुनासो गरेका छन् ।

गरिब जनताले रु १०० तिरेको टिकटले बेलुका घर फर्किदा सँस्कार सिकेर आउनु पर्नेमा बिकृति सिकेर फर्केको महोत्सवको दृष्यले देखाएको

शुदुरपश्चिमका चर्चित कमेडि तथा गायक भानुभक्त जोशी आफ्नो सामाजिक सञ्जालमा अभिब्यक्ति गर्दै महोत्सवको नाममा सँस्कृतिमा नै प्रहार हुनेगरि छाडा तथा शुदुरपश्चिमको संस्कृतिलाई छोडेर आफ्नो जननी माथि नैप्रहार गरेको आरोप लगाएका छन ।

pm office

म नेपाली बोल्न नजानेर डोटेली बोल्ने पनि होइन सुदुरको भाषा ,कला, धर्म सस्कृती पर्यटकीय क्षेत्रको लागी जिन्दगी योगदान दिन पनि तयार थिए र छु ।

उहाँले भन्नुभएको छ कान नसुन्ने हरुको लागी हाम्रै भाषाका पुस्तक लेखे, आँखा नदेख्ने हरुको लागि गित गाए, हास्ने र रमाउने (रमाई) रहने हरुको लागि नाटकिय भिडियो प्रस्तुत गरे, लामो समय बिताउन चाहाने हरुको लागि मात्रृ भाषाकै चलचित्र बनाएको उहाँले बताए ।

पैसाको लालचमा आयोजना गरिएका मापदण्ड विहिन मेला मोहत्सब हरुले फराकिलो जरो गाडिरहेका आरोप लगाए । यस्ता किृयाकलापहरुले सुदुरको मौलिक भाषा सस्कृतीमा दुरगामी असर पार्ने हुदा सचेत रहन गायक जोशिले आग्रह गरे ।
उहाँले भन्नुभयो मेरो गुनासो स्टेच नपाएको होइन मेरो गुनासो पैसा नपाएको होइन बस सुदुरपश्चिम् को नाममा गलत गतिविधि नहुन गरिब को गोजिबाट रू १०० तिरेर गएका दर्शकहरुले साझ फर्कदा केही संस्कार सिकेर आउनुपर्ने आफ्नो भनाई रहेको उहाँले बताए ।

उहाँ आफु स्वयं टिकट काटेर तीन दिन मोहत्सब हेर्न गएका र महोत्सबका केही गतिविधि समालेर राखेको पनि जानकारी गराए । उक्त दृष्यहरु छिट्टै दर्शकहरुको सामु पस्तुती बनाएर प्रस्तुत गर्ने समेत समाजिक सञ्जाल मार्फत उल्लेख गरे । यस्तै सुदुरपश्चिमकी देउडा , तथा लोक दोहोरी गायिका गौरी भट्ट ले पनि आफ्नो समाजिक सञ्जाल मार्फत महोत्सब को ब्यानरमा मेरो फोटो थियो तर महोत्सबमा प्रस्तुति थिएन् । दुःख त लाग्छ ।

आफ्नै ठाउँमा हुने महोत्सब आयोजकले यसो गरिरहदा आफ्नो अपमान भएको गुनासो पोखिन् ।यस्तै सुद्ुरपश्चिमकै लाल बहादुर धामि ( अछामि बड्डो) ले पनि समाजिक संञ्जाल मार्फत मलाइ त २५ बर्ष भयो हेप्पिन थालेको अब त केहि लाग्न पनि छोड्यो , भन्न पनि छोड्यिो, उहाँले समाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरे।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.