
गोकुलेश्वर . बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ बुंगल नगरपालिका–६ कि २६ वर्षीया दुर्गा देवी धामीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
हिजो साँझ करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला भिरबाट लडेर करिब १५० मिटर तल खसेर घाइते भएकी उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ ।



