गोकुलेश्बर. मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको छ ।



