No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या

दार्चुला.बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो। सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन्।

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन्।

pm office

नेहा घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको प्रहरीले बताएको छ। पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी छन्।
मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

नेहाको पनि घाँटीमा रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ। घटनास्थल तर्फ प्रहरीको टोली गएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.