दार्चुला। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
यही मंसिर ४ गते सम्मपन्न भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका मन्त्री कुँवरले आम मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका हुन् ।
मन्त्री कुँवरले सोमबार एक पत्रजारी गरी अछाम—१ का सम्पुर्ण बिशिष्ट आमा,बुवा,दाजुभाइ,दिदीबहिनी,शुभचिन्तक महानुभाव तथा अग्रज एवंम सम्पुर्ण शुभेच्छुक लगायत मित्रगणहरुमा धन्यवाद ज्ञापन गर्दै हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।

यस्तै शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न काम गर्नु हुने सबै राजनीतिक दलहरू, निर्वाचन आयोग, प्रहरी, प्रशासन, पत्रकार, निर्वाचनमा संलग्न सबै निकायलाई समेत हार्दिक आभार प्रकट गरेका छन् ।
मतदाताहरुको मतको कदर गर्दै अछामको विकाश समृद्धि,सुशासन सहित कार्यभारमा सधै इमान्दारिका साथ जुट्ने र अधुरा काम पुरा गर्नुका साथै सिंगो अछामकोे विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
कुँवर सत्ता गठबन्धन नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले जारी गरेको पत्र




