गोकुलेश्वर। बैतडीमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जिल्लाको डिलासैनी गाउँपालिका—३ पंसेराकी अन्दाजी १७ वर्षीया मनिषा ओडले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन ।

उनले सोमबार (आज) विहान करिब ११ बजेतिर आफ्नै घरमा आत्महत्या गरेकी हुन् । आत्महत्या के कती कारणले गरेको हो भन्ने खुल्न सकेको छैन् ।
मृतक किशोरी दार्चुलाको शैल्यशिखर नगरपालिका—२ मा स्थित सत्यप्रकाश माध्यमिक विद्यालय देथलामा कक्षा ११ मा अध्ययनरत थिइन् ।



