No.1 News Portal from Sudurpashchim Province
bajaj

समानुपातिकमा एकीकृत समाजवादीको २ लाख ५२ हजार मत कट्यो

गोकुलेश्वर।समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ ।

pm office

कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत कटाएका छन् । समानुपातिकमा तेस्रो स्थानमा रहँदै आएको माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । राप्रपा पाँचौँ, जसपा छैटौँ र जनमत पार्टी सातौँ स्थानमा छन् ।

यसअघि सातौँ स्थानमा रहेको एकीकृत समाजवादी आठौँ स्थानमा पुगेको छ । एकीकृत समाजवादीले २ लाख ५२ हजार मत कटाएको छ । राष्ट्रिय दलको मान्यता पाउनको लागि झन्डै ३ लाख मत आवश्यक पर्छ । अब झण्डै १५ लाख मत गन्न बाँकी छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.