No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीमा एमाले बैतडीको धन्यवाद सभा सम्पन्न

गोकुलेश्वर। नेकपा एमाले बैतडीले डिलाशैनीमा धन्यवाद सभा सम्पन्न गरेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिकामा आइतबार (आज) बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दामोदर भण्डारी र प्रदेशसभा ‘क’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाल निर्वाचित भएको अवसरमा एमाले बैतडीले धन्यवाद सभाको आयोजना गरेको हो ।

pm office

धन्यवाद सभामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा सदस्य सुरेन्द्र पालको सहभागिता रहेको थियो ।उनीहरुले धन्यवाद सभामार्फत मतदाताहरुलाई धन्यवाद दिनुका साथै जनताको सेवक भएर काम गर्ने बताएका छन् ।

धन्यवाद सभामा बोल्दै प्रदेश सभा सदस्य सुरेन्द्र पाले आम मतदाताहरुको शिर नझुक्ने गरिकाम गर्ने बताएका छन् । उनले भने, ‘यहाँहरुले अमुल्य मतदान गरि विजयी गराउनुभएको छ । तपाईहरुको मत खेर जानदिने छैन । यहाँहरुले सोचेको भन्दा बढी नै काम गर्ने छौं ।’ उनले सिंगो प्रदेशसभा क्षेत्र ‘क’को विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने पालले प्रतिवद्धता समेत जनाएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहमा धन्यवाद सभाको आयोजना गरिएका एमाले बैतडीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.