दार्चुला। बैतडीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । बैतडीबाट भण्डारीले तेस्रो पटक पनि चुनाव जितेका छन् ।

निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई १ हजार ५ सय ३१ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याए भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत मात्रै ल्याउन सके ।



