गोकुलेश्वर। बैतडी प्रदेश सभा (क) नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका सुरेन्द्र पालको जित निश्चित भएको छ । पालको गणना हुन बाँकी रहेका मत भन्दा बढी अग्रता रहेकोले जित फिक्स भएको हो ।

अहिले सम्म पालले १२ हजार ४ सय २१ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका हरिमोहन भण्डारीले १० हजार ८ सय ५७ मत ल्याएका छन् ।
यसैगरी गठबन्धनका तर्फका साँझा उम्मेदवार कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ६ सय ३३ मत पाएका छन् ।



