गोकुलेश्वर। बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।

प्रतिद्धन्द्धी एमालेका लिलाधर भट्टलाई ४ सय ३७ मतान्तरले हराउँदै विजयी भएका छन् ।
भट्टले १७ हजार १५३ मत प्राप्त ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका भट्टले १६ हजार ११६ मत प्राप्त गरे ।



