गोकुलेश्वर। दार्चुलामा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री समेत बडूले दार्चुलाबाट तेस्रो पटक पनि चुनाव जितेका छन् ।
उनले आजैसम्पन्न भएको मतगणना अनुसार आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई २ हजार १ सय ३४ मतले पछि पार्दै चुनाव जितेका हुन् ।
जिल्लाभरीबाट कुल खसेको ५६ हजार ६ सय ६३ मतमध्ये २८ हजार ५ सय १५ मत बडूले ल्याए भने प्रतिद्धन्द्धी ठगुन्नाले २६ हजार ३ सय ८१ मत ल्याए ।



