No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला : प्रदेशसभा १ र २ मा गठबन्धनका उम्मेदवार विजयी

गोकुलेश्वर। दार्चुला प्रदेशसभा–१ र २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा क्षेत्र १ मा लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिक्रम धामी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

धामीले १५ हजार १ सय २७ मत पाए भने प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४ सय ५१ मत मात्रै ल्याउन सके ।

pm office

यसैगरी प्रदेशसभा क्षेत्र २ मा पनि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका मानबहादुर धामी (सन्तोष) विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत धामीले १३ हजार १ सय ७१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जोशीले ११ हजार ८ सय ५६ मत मात्रै ल्याउन सके ।

धामी २०७४ सालको निर्वाचनमा पनि दार्चुला प्रदेशसभा २ बाट निर्वाचित भएका थिए ।

धामी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् ।
यस्तै प्रतिनिधिसभा तर्फको मतगणाना चलिरहेकै छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.