गोकुलेश्वर। दार्चुला प्रदेशसभा–१ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिक्रम धामी विजयी भएका छन् ।

प्रतिद्धन्द्धी एमालेका हरदव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले हराउँदै विजयी भएका छन् ।
धामीले १५ हजार १ सय २७ मत पाए भने जोशीले १३ हजार ४ सय ५१ मत मात्रै ल्याउन सके ।
यसअघि प्रदेश सभा–२ पनि मा लोकतान्त्रिक बाम गठबन्धनकै उम्मेदवार मानबहादुर धामी सन्तोष विजयी भएका थिए । धामी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् ।
यस्तै प्रतिनिधिसभा तर्फको मतगणाना चलिरहेकै छ।



