No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा एमाले कार्यकर्ता विष्टकोे शव फेला, हत्याको आशंकामा

स्थाीयद्धारा सडक बन्द

गोकुलेश्वर। दार्चुलामा एक युवाको शव फेला परेको छ । जिल्लाको व्याँस गाउँपालिका–४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको हो ।

मृतक बिष्टको घर सोही गाउँपालिका–४ डोकट रहेको खुलेको छ । ३ गते रातिबाट वेपत्ता भएका विष्टको शंकास्पद अवस्थामा घोलचौर खोलामा शव भेटिएको हो ।

आइतबार भोट हाल्न नआएपछि उनको स्थानीयले खोजि गरेका थिए । विष्ट नेकपा (एमाले) का कार्यकर्ता रहेको खुलेको छ । उनको हत्या भएको हुनसक्ने भन्दै आफन्त आक्रोशित हुनुका साथै  सडक बन्द  गरेका छन् ।

pm office

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.