No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम दशनामी+नाथ योगी समाजले शुरु गर्‍यो ब्लड क्यान्सर पीडित रिजन नाथ बचाऔं अभियान

गोकुलेश्वर। सुदूरपश्चिम दशनामी+नाथ योगी समाजले ब्लड क्यान्सर पीडित रिजन नाथ बचाऔं अभियान शुरु गरेको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका—६ चौसेरा निवासी महेश नाथका २ वर्षीय छोरा रिजन नाथलाई निसर्ग हस्पिटल धनगढीमा चेक गराउँदा ब्लड क्यान्सरको रिपोर्ट प्रमाणित भएको थियो ।

हाल बालकलाई थप उपचारको लागि भारतको हरियाणा झज्जर स्थित रहेको एआइआइएमएस (AIIMS)अस्पतालमा उपचार भइरहेको छ । उनको थप उपचार गर्न अझै ६ महिना अस्पतालकै बेडमा भर्ना गर्नुपर्ने र त्यसपछि नियमित रुपमा हस्पिटलको निगरानीमा रहेर ३ वर्ष सम्मको कोर्ष गर्नका लागि झण्डै ३० लाख भारु आवस्यक पर्ने भएको छ ।

pm office

परिवारको अवस्था अनुसार उक्त पैंसा व्यवस्थापन गर्न नसक्ने भएपछि सहयोगीहरुलाई आर्थिक सहयोगका लागि अपिल गरेकोे बिरामी बालक नाथका बुवा महेश नाथले जानकारी दिए ।

ब्लड क्यान्सर पीडित नाथलाई सहयोग गर्न चाहने सहयोगीले बिरामी बालकका बुवा महेश नाथको नाममा रहेको ग्लोबल आइएमई बैंक खाता नम्बर ०३१०७०१००१११६७ मा जम्मा गर्न सक्ने छन् ।

यसैगरी थप जानकारी लागि बिरामी बालकका बुवा महेश नाथको मोबाइल नम्बर ९८६२४७९४९२ र समाजसेवी अभियान्ता मधुसुमन नाथको मोबाइल नम्बर ९८१०६५२००० तथासामाजिक संजाल फेसबुकमा रहेको सुदूरपश्चिम दशनामी+नाथ योगी समाजको ग्रोप र पेज बाट समेत जानकारी लिई सकिने सुदूरपश्चिम दशनामी+नाथ योगी समाजका संयोजक मधुसुमन नाथले बताए ।

सुदूरपश्चिम दशनामी+नाथ योगी समाजले विभिन्न रोगबाट पीडित बिरामीहरूलाई विगतमा पनि आर्थिक सहयोग, रक्त दानको गर्नुका साथै विभिन्न प्रतिभा मुखी कार्यक्रम र समाजसेवा क्षेत्रमा काम गर्दै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.