गोकुलेश्वर। दार्चुलामा प्रेसरकुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर चमेलिया पुलमा प्रेसरकुकर बम जस्तै देखिने शङ्कास्पद वस्तु फेला परेको हो । आज बिहान करीब साँढे २ बजेतिर उक्त शङ्कास्पद वस्तु फेला परेको हो ।


शङ्कास्पद वस्तु फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पगेको थियो ।शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिनुका साथै मुख्य सडक बन्द गरिएको थियो ।

अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले प्रेसरकुकर बम जस्तो शङ्कास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले घटनास्थलमा पुगि निष्क्रिय पारेको छ । प्रेसरकुकरमा माटो र सिसा रहेको थियो ।
शङ्कास्पद वस्तु कसले राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
निर्वाचनको एकदिन अगाडि मात्रै भएको यस्तो कृयकलापले सुरक्षामा चुनौती थपिएको छ।



