गोकुलेश्वर। मतदान गर्ने दिन नजिकिदैँ जाँदा बैतडीमा नेकपा (एमाले) प्रवेश गर्नेको संख्या पनि बढिरहेको छ ।नेकपा एमालको तर्फबाट बैतडी प्रदेशसभा क्षेत्र ‘क’ का उम्मेदवार सुरेन्द्र पाल नेतृत्वको टोली घरदैलो अभियानमा छन् ।
पाल नेतृत्वको मूल प्रचार टोली बिहिबार डिलाशैनी गाउँपालिका—४ मठैराजमा पुगेको थियो । घरदैलो अभियानको क्रममा पार्टी प्रवेश गर्नेहरु बढेका छन् । डिलाशैनी गाउँपालिकाका सबै वडा पुगेर टोली उत्साहित भएर फर्किएको छ । उम्मेदवारहरुको उपस्थितिले कार्यकर्तामा थप उत्साह थपिएको छ ।
एमाले बैतडी अध्यक्ष समेत रहेका पालले एमालेमात्र सर्वहारा गरिब जनताको पार्टी भएको भन्दै सबैको उचित मूल्यांकलन एमालेले गर्ने बताए । डिलाशैनी गाउँपालिकामा हाम्रो पार्टीको नेतृत्व हुँदा थुप्रै विकास भएको बताएका छन् ।
अहिले प्रदेश र संघीय निर्वाचन भएको कारण बैतडीको समग्र विकासको लागि नेकपा एमालेका उम्मेदवार जिताउन अपिल गर्छौ ,उनले भने।’

अहिले कोही निराश हुनुपर्ने अवस्था छैन् । विकासको लागि एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै दल छैनन् । एमालेभित्र अझै कार्यकर्ता र जनताको भावना बुझ्न सक्ने क्षमता रहेको भन्दै मत दिएर जिताउन उनले डिलाशैनीबासीमा आग्रह गरेका छन् ।
यसैगरी डिलाशैनी—४ मठैराजमा नेपाली कांग्रेस परित्याग गरी २० जनाबढी एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा दानसिंह धानुक,हरिश,बोहरा,सन्तोष बोहरा,सन्तोष बोहरा (बलाली),धिरेन्द्र पार्की,पारस बोहरा,सुरेन्द्र बोहरा,विनोद बोहरा,खेम लुहार,जनक लुहार,करन लुहार,रबी लुहार,नरेश लुहार,दिपक लुहार,राजेन्द्र बोहरा,राधे लुहार,दिपा,पार्की,प्रताप लुहार,अन्मोल लुहार गरी २० जना बढीले एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई प्रदेशसभा ‘क ‘का उम्मेदवार सुरेन्द्र पालले टीका लगाएर पार्टिमा स्वागत गरेका हुन् ।





